पूँजीबजार सुधार संघर्ष समितिले माइतिघर मण्डलामा रिले अनसन सुरु गर्ने

बुधबार, २३ भदौ २०७८, १३ : ३५

काठमाडौं । पूँजीबजार सुधार संघर्ष समितिले दिउँसो ३ बजेदेखि माइतिघर मण्डलामा रिले अनसन सुरु गर्ने भएको छ ।

यसअघि नेप्से अगाडि रिले अनसन बस्ने तय गरिएकोमा देशको आर्थिक तथा प्रशासनिक केन्द्र समेत माइतिघर वरिपरि भएको हुँदा माइतिघरमा रिले अनसन बस्न लागिएको पूँजीबजार सुधार संघर्ष समितिले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको ४-१२ करोडको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा निरन्तर गिरावट आएपछि आन्दोलनमा होमिएको पूँजीबजार सुधार संघर्ष समितिले विरोधका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

रिले अनसन मार्फत पनि आफ्नो मा पूरा नभए भदौ ३० गतेदेखि आमरण अनसन बस्ने समेत संघर्ष समितिले चेतावनी दिएको छ ।

बुधबार, २३ भदौ २०७८, १३ : ३५

प्रतिक्रिया