बुधबार यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको शेयरमुल्य कति प्रतिशतले वृद्धि ?

बुधबार, २३ भदौ २०७८, १५ : ४४

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाई गरेका छन् । 

अन्तिम समयसम्म नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीमध्ये २० कम्पनीको शेयर मुल्य बढेको हो । शेयरमुल्य वृद्धि भएका २० कम्पनीमध्ये ५ कम्पनीको शेयरमुल्य ६ प्रतिशत बढीले वृद्धि भएको छ  भने बाँकी १५ कम्पनीको शेयरमुल्य ४ प्रतिशतभन्दा कम रहेको छ ।

आाज सानिमा लाईफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४९७.४० पुगेको हो । 

यस्तै, एलेक्स डेभलपमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर रु.१ हजार ८६,रैराङको ८.३३ प्रतिशतले बढेर रु.६५०,युनिभर्सल पावरको ७.६४ प्रतिशतले बढेर रु.५२१ र स्वरोजगार लघुवित्तको ६.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ६१० पुगेको छ ।

बुधबार, २३ भदौ २०७८, १५ : ४४

प्रतिक्रिया