सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक चयन,कुन ?

बुधबार, २३ भदौ २०७८, १६ : १९

काठमाडौं, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको भदौ १८ गते, शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ४० करोड ३२ लाख ८७ हजार रूपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

निष्कासन तथा बिक्री प्रबन्धकको सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
 

बुधबार, २३ भदौ २०७८, १६ : १९

प्रतिक्रिया