प्रि-ओपन सेसन : ३.९६ अंकले बढ्यो नेप्से परिसूचक, २३ लाख बढिको शेयर खरीद बिक्री

विहीबार, २४ भदौ २०७८, ११ : १२

काठमाडौं - आज बिहीवार साताको अन्तिम दिनको कारोबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३.९६ अंक बढेको छ । 

प्रिओपन सेसनमा परिसूचक २ हजार ८८०.५४ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २२ ओटा कम्पनीको २ हजार ७७५ कित्ता शेयरको रू. २३ लाख ७ हजार १९१ बराबरको शेयर खरीद बिक्री भएको छ ।

प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री स्वरोजगार लघुवित्त वित्तीय संस्थाको रू. ६ लाख २३ हजार बराबरको भएको हो । 


 

विहीबार, २४ भदौ २०७८, ११ : १२

प्रतिक्रिया