काठमाडौं, आज (बिहिबार) सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा झरेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.५३ अंकले घटेर ५३५.२९ को विन्दुमा पुगेको छ ।
कूल २३० वटा कम्पनीको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकि ९ उपसमूहको सेयर मूल्य घटेको छ ।
बिहिबार हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । आजको बृद्धि पछि सानिमा लाईफको सेयर मूल्य ५४७.१० रुपैयाँ पुगेको छ ।
बिहिबार रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
बिहिबार पनि सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्र स्थानमा रिडी हाइड्रोपावरमा कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २ सय २३ रूपैयाँ बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया