ठेकेदारको लडाईले २२ करोडको देशकै ठूलो बधशाला तीन वर्षदेखि अलपत्र

२ बर्ष अगाडि

ठेकेदारहरुको लडाईले देशकै ठूलो आधुनिक वधशाला निर्माण कार्य तीनवर्षदेखि अलपत्र परेको छ । आफूलाई ठेक्का नपरेको रिसमा अर्को ठेकेदारले अदालतमा मुद्धा हालेपछि कोहलपुर नगरपालिकामा बनाउन लागिएको देशकै ठूलो आधुनिक बधशाला अपत्र परेको हो । 

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा २२ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी डीपीआर बनेको बधशालाको ठेक्का ड्राइगन शिवालय पीपी जेबीलाई परेको थियो । 

तर तर आवेदन दिएको शिवशक्ति कन्स्ट्रक्सन प्रालिले काम गर्न योग्य कम्पनी आफ्नो भएको र आफूलाई किन नदिएको भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि वधशाला निर्माणको काम अलपत्र परेको हो ।

मुद्धा परेपछि ठेकेदारसँग सम्झौता समेत हुन नसकेको नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले बताए । काम हुन नसकेपछि  प्रदेश सरकारले उपलब्ध गराएको रकम पनि फिर्ता भएको छ । समयमा निर्माण नभएपछि अहिले अहिले बधशालाको लागत २२ करोडबाट बढेर ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोलाको बीचमा एक बिघा सार्वजनिक जमिनमा  बधशाला निर्माणको योजना थियो । विवादपछि अहिले जमिन तारबारले घेर्नेबाहेक अन्य केही काम हुन सकेको छैन । 

कसरी भयो विवाद 

प्रदेश र स्थानीय तहको साझेदारीमा देशकै ठूलो बधशाला बनाउनका लागि २०७६÷७७ मा डीपीआर भएलगत्तै पालिकाले टेन्डर आह्वान गर्यो । तर दुई पटकसम्म टेन्डर खोल्दा पनि मापदण्ड अनुकूल ठेक्का पर्न सकेन । तेस्रो पटकको टेन्डरमा आवेदन दिएका तीन कम्पनी मध्ये ड्राइगन शिवालय पीपी जेबी छनोट भएपनि आवेदन दिएको शिवशक्ति कन्स्ट्रक्सन प्रालिले काम गर्न योग्य कम्पनी आफ्नो भएको र आफूलाई किन नदिएको भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो । 

बधशालाको संरचना उच्च प्रविधियुक्त भएको दावी छ । जसमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफरको सहयोगमा भारतीय इन्जिनियर र जनशक्ति प्रयोग गर्ने भनिएको छ । बेलैमा काम भएको भए अहिलेसम्म वधशाला तयार भइसक्ने भएपनि मुद्धा पर्दा अलपत्र परेको र मुद्दा पनि बेलैमा फैसला नहुँदा ठूलो घाटा लागेको नगरपालिका अध्यक्ष लुट बहादुर रावलले बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया