समीट लघुवित्तले ६१ हजार बढि कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र निवेदन दिन आग्रह

२ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीहरू नाममा रहेको ६१ हजार २ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्न बिक्री गर्न लागेको हो ।

संस्थाले एक सूचना जरी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ ।

शेयरधनीहररुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, गोरखा १३, गोरखामा आइपुग्ने गरी निवेदन दिन आग्रह गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया