डलरसँग तुलना गर्दा बलियो बन्दै नेपाली रुपैयाँ

असोज ७, २०७८ | आजको अर्थ
ajaako_artha

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

२०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो ।

बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । 

त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।  

२०७८ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११८.५० पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८