मार्केट पण्डित क्यापिटलले बोलायो साधारण सभा, लाभांश कति ?

आइतबार, २४ असोज २०७८, ०९ : ४७

काठमाडौं - मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैकिङ्ग लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्तिक १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजेबाट सुरु हुने छ । 

सभाले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजन सहित हाल कायम चुक्ता पूँजीको १०.६८ प्रतिशतको दरले लांभाश पारित गर्ने छ । 

साथै सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ । यस्तै आव २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी दिइने छ । 
 

आइतबार, २४ असोज २०७८, ०९ : ४७

प्रतिक्रिया