अम्बानीको सम्पती १ खर्ब ६ अर्ब डलर, परे खर्बपतिको सूचीमा

२ बर्ष अगाडि

एजेन्सी - भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् । 

एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुन्। यो सूचीमा पर्ने व्यक्तिको सम्पती कम्तिमा पनि १ खर्ब डलर छ । 

ब्लुम्बबर्ग बिलेनियर इन्डेक्स अनुसार अम्बानीको सम्पती १ खर्ब ६ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ८० करोड डलरले बढिसकेको छ । 

सो सूचीमा ११ जना व्यापारी रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया