कर्जा नउठेको ६ महिनापछि मात्रै बैंकले सार्वजानिक सूचना निकल्न पाउने

२ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नउठेको ६ महिना पसिछ मात्रै कर्जा असुलिको लागि सार्वजानिक सूचना निकाल्न पाउने भएका छन् । केन्द्रिय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ । 

त्यसैगरी ब्याज पूँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र केन्द्रिय बैंकमा पुँजीकरणका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया