सांग्रिलाको साधारण सभा कार्तिक १६ गते, १०.५२ प्रतिशत लाभांश प्रस्ताव

२ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । बैंकको असोज २५ गते सम्पन्न सञ्चालक समितिको २७८ औं बैठकले कार्तिक १६ गते  डाक्ने निर्णय गरेको हो ।

साधारण सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजेका लागि बोलाइएको छ। 

साधारण सभामा आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरि कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुने छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ६ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

यस्तै साधारण सभामा अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको हाल कायम अधिकृत पूँजी वृद्धि गरी ३ अर्बबाट बढाएर ५ अर्ब पुर्याउने प्रस्तावमाथी पनि छलफल हुने जनाइएको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयर बुकक्लोजको मिति तोकिएको छ । यसअनुसार कात्तिक ४ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन पाउने छन ।  बैंकको लाभांस पनि कात्तिक ४ गते सम्म कायम शेयरधनीहरुले मात्रै पाउने छन् । 

सांग्रिला विकास बैंकमध्ये गत आवको वार्षिक साधारण सभा डाक्ने पहिलो बैंक हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया