बैंकहरुले उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने

मंगलबार, २६ असोज २०७८, १२ : २५

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले चाडपर्व लक्षित योजनाहरु सार्वजनिक गर्न रोक लगाएको छ ।  

सोमबार  एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको हो।

निर्देशनमा भनिएको छ, ‘निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार, चिठ्ठा, प्रतियोगिता, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’

केन्द्रीय बैंकको यो भन्दा अघिल्लो निर्देशनमा नै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुनचाँदीका सिक्कालगायतका कुनै पनि किसिमका उपहार प्रदान गर्न नपाउने व्यवस्था रहेको थियो ।

मंगलबार, २६ असोज २०७८, १२ : २५

प्रतिक्रिया