बैंकहरुले जथाभावी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि राष्ट्र बैंकको कडा निर्देशन

२ बर्ष अगाडि

काठमाडौं - बैंकहरुले जथाभावी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न कडा निर्देशन जारी गरेको छ । दशैंको लामो विदा पछि बैंकहरुले कात्तिक महिनाको लागि व्याज दर प्रकाशित गर्दा ११.६७ प्रतिशतसम्म व्याज दिने घोषणा गरेका थिए ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । 

२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ व्यवस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । यससँगै कात्तिक १ गते प्रकाशित व्याज दरलाई संशोधन गरेर असोज महिनाको व्याजदरको तुलनामा बढीमा दश प्रतिशतभन्दा बढी नहुने गरी नयाँ व्याज दर सार्वजनिक गर्नुपर्नेछ । 

अघिल्लो महिना सबैभन्दा बढी सनराइज बैंकले मुद्दतीमा १०.०७ प्रतिशत व्याज दर प्रदान गरेको थियो । कात्तिक महिनाको व्याज दर प्रकाशित गर्दा ११.००७ प्रतिशत भन्दा बढी नहुने भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया