लांभाश पारीत गर्न ६ वटा बैंकले बोलाए साधारण सभा, कुनको कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - विभिन्न ६ वटा बैंकहरूले साधारण सभा बोलाएका छन् । साभाबाट बैंकहरुले लाभांश प्रस्ताव पारित गर्ने छन् । 

जसमा कुमारी बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सानिमा बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् । 

१. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा हुने भएको छ । 

साभा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको असोज ७ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा कार्तिक १६ गते विद्युतिय माध्यमबाट बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग, काठमाडौँमा साँझ ४ बजेबाट सुरु हुनेछ । 

सभामा बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. सानिमा बैंक लिमिटेड
सानिमा बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजेदेखि होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । 

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया