नविल इन्भेष्टमेन्टले ३५% बोनस सेयर दिने, साधारण सभा कात्तिक १७ मा

२ बर्ष अगाडि

नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीले ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको कार्तिक १७ गते बस्ने बाह्रौ वार्षिक साधारण सभाले उक्त बोनस पारित गर्ने भएको हो । 

साधारण सभाका लागि ३५ प्रतिशत बोनस सेयर सहित  र कर प्रयोजनको लागि १.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 

बोनस सेयर बापत नबिलले ७ करोड रुपैयाँ र नगद लाभांशमा नबिलले ३६ लाख ८४ हजार २१० रुपैयाँ वितरण गर्ने छ । 
 
साधारण सभा कम्पनीको आफ्नै सभा कक्ष, नक्साल काठमाडौमा बिहान १०.३० बजे शुरु हुने जनाइएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया