नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, पहिला भन्दा १.३७ प्रतिशत बोनस बढ्यो

२ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको संसोधन अनुसार बोनस सेयर पहिला भन्दा १ दशमलव ३७१ प्रतिशतले बढेको छ । 

अब गत वर्षको नाफाबाट १२।६११५ बोनस सेयर र ३।३८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसअघि बैंकले ११।२४५ बोनस सेयर ४।७६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 
 
अब बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष इन्भेष्टमेन्टले १३५ बोनस सेयर र ५।५५ नगद लाभांश गरी १८।५५ लाभांश वितरण गरेको थियो । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया