फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले असोज मसान्तसम्ममा २ करोड ९६ लाख नाफा कमायो, प्रतिशेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार लघुवित्तको खुद नाफामा झिनो गिरावट देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २८०.४५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । जसले गर्दा कुल सञ्चालन आम्दानी २७.४१ प्रतिशत बढेपनि सञ्चालन मुनाफा ०.२३ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६२.५३ प्रतिशत र कर्जा ५४.८२ प्रतिशत बढेको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १२ रुपैयाँ ३० पैसामा सीमित भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया