बीमा समितिले थाल्यो लघुबीमा कम्पनी सञ्चालनको लागि लाइसेन्स दिने तयारी

२ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले लघुबीमा कम्पनी सञ्चालनको लागि लाइसेन्स दिन तयारी थालेको छ । लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न भन्दै गठित अध्ययन समितिको प्रतिवेदनको आधारमा समितिले लाइसेन्स वितरण गर्ने भएको हो ।

अध्ययन समितिले लघुबीमा कम्पनीको आवश्यकता र औचित्य प्रस्टाउदै लाइसेन्स दिनुपर्ने जनाएको छ । लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु पर्ने आवश्यकता रहेको आशय सहितिको प्रतिवेदन समितिमा पेश भएको अध्ययन समितिले जनाएको छ । 

अध्ययन समितिले ढिलो गरी आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको हो । ओली नेतृत्वको सरकार रहेकै बेला समितिले असार १३ गते लघुबीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने भन्दै अध्ययन गर्न समिति समेत गठन गरेको थियो । बीमा समितिले उक्त अध्ययन समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

तर, त्यसबीचमा अर्थात असार २९ गते ओली नेतृत्वको सरकार परिवर्तन भएपछि लघुबीमा कम्पनीलाई लाइसेन्स गठित समिति निष्कृय जस्तै बनेको थियो । हाल शेरबहादुर देउवा नेतृत्व सरकारका अर्थमन्त्री जनादर्न शर्मा र समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबीच निरन्तर संवाद भएपछि अध्ययन समितिले आफ्नो प्रतिवेदन समितिमा बुझाएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया