नबिल बैंकको संसोधित ब्याजदर सार्वजनिक, एन आई सि एसिया बैंकले घटायो ब्याजदर

२ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकको निर्देशन पछि नबिल बैंक लिमिटेडले व्याजदर संसोधन गरेर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ३ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज दिनेछ । 

बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म तोकिएको छ । यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६ प्रतिशत रहेको छ । 

यस्तै नेपाल राष्ट्र बैंकको निर्देशन पछि एन आई सी एसिया बैंक लिमिटेडले पनि व्याजदर संसोधन गरीप्र सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ४ गते, बिहिबार बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले यस अघि प्रकाशन गरेको व्याजदर अनुसार बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज पुर्याएको मा अहिले नेपाल राष्ट्र बैंकको निर्देशन पछि यसलाई घटाएर न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतमा सिमित पारेको छ । 

त्यस्र्त बैंकले मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकेकोमा अहिले त्यो पनि घटाएर अधिकतम ९.३६ प्रतिशतमा सिमित गरेको छ । संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर ८।३६ प्रतिशत कायम भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया