मेगा बैंकका शेयरधनीलाई पुरानो लाभांश ३५ दिनभित्र संकलन गर्न अनुरोध

२ बर्ष अगाडि

काठमाडौं - मेगा बैंकले शेयरधनीलाई बैंकले विगतका वर्षहरुमा वितरण गरेको पुरानो लाभांश संकलन गर्न सूचना जारी गरेको छ ।

बैंकले साबिकका गण्डकी विकास बैंक, टुरिजम डेभलपमेण्ट बैंक, पश्चिमाञ्चल डेभलपमेण्ट बैंकको विभिन्न साधारण सभाबाट पारित नगद लाभांश संकलन गर्न भनेको हो ।

बैंकका अनुसार हालसम्म केही शेयरधनीले आफुले पाउने लाभांश बुझिनलिएको तथा दाबी समेत नपरेको भन्दै लाभांश संकलन गर्न भनेको हो ।

लाभांश संकलन गर्न बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया