राजनीतिमा नेताहरू तीनतिर तर खाईपाईमा एकैतिर छन्: पौडेल

शुक्रबार, २० पुस २०७५, ११ : ५०

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाईडवडि काण्ड लुकाउनका लागि छानविन समिति बनाएको आरोप लगाउनुभएको छ ।

तनहुँको दुलेषौडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताउनुभयो ।

उहाँ प्रधानमन्त्रीले लेखा समिति अन्तरगतको उपसमितिको अपमान गरेको समेत बताउनुभयो ।

उहाँले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा संगै हुने त हाईनन् भनी शंका व्यक्त गर्नु भयो ।

पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारीमा लागेको बताउनुभयो ।

शुक्रबार, २० पुस २०७५, ११ : ५०

प्रतिक्रिया