एकैदिनमा ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

बुधबार, १७ कार्तिक २०७८, १४ : ५३

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।

बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगन्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।
 

बुधबार, १७ कार्तिक २०७८, १४ : ५३

प्रतिक्रिया