प्राइम कमर्शियल बैंकको लाभांश घोषणा, बोनस शेयर कति ?

मंगलबार, २३ कार्तिक २०७८, ०७ : २४

काठमाडौं, प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
 

मंगलबार, २३ कार्तिक २०७८, ०७ : २४

प्रतिक्रिया