आजसम्म कायम शेयरधनीले मात्र आरएसडिसी लघुवित्तको लाभांश पाउने, कति ?

सोमबार, २९ कार्तिक २०७८, ०८ : २०

काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ३० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ ।

सोमबार, २९ कार्तिक २०७८, ०८ : २०

प्रतिक्रिया