प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे सर्वसम्मत चयन

२ बर्ष अगाडि

ताप्लेजुङ - प्रेस सन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा जीवन कालिकोटे चयन भएका छन् । शुक्रबार विहान सम्पन्न चौंथो जिल्ला सम्मेलनले कालिकोटे अध्यक्ष रहेको जिल्ला समन्वय समिति सर्वसम्मत चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार लिम्बू, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन हुनुभएको छ । सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनमार्फत चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिए ।

यस्तै, केन्द्रीय प्रतिनिधिमा दिलकुमार लिम्बू र टीका यक्सो तथा प्रदेश प्रतिनिधिमा राजकुमार गुरुङ र अनिता पन्दाक चयन भएका छन् । जिल्ला सम्मेलन नेकपा ९माओवादी केन्द्र० १ नम्बर प्रदेश समिति सदस्य मिङ्माडण्डु शेर्पा, प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य प्रयास लिम्बू, माओवादी केन्द्र ताप्लेजुङ १(ख) का संयोजक विष्णुकुमार लिम्बूलगायतको उपस्थितिमा सम्पन्न गरिएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया