जीवन बीमा कम्पनीहरुको लगानी ३ खर्ब ८८ अर्ब ९५ करोड

बुधबार, ०८ मंसिर २०७८, ०७ : ५४

काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् । लगानी निर्देशिका अनुसार नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले सो बराबरको लगानी गरेका हुन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले क वर्गको वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा सबै भन्दा बढी २ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् । 

यस्तै ख वर्गको बैंक तथा वित्तीय संस्थामा ३५ अर्ब ३४ करोड रुपैयाँ, ग वर्गको बैंक तथा वित्तीय संस्थामा २ अर्ब २७ करोड रुपैयाँ र पूर्वाधार विकास बैंकमा २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

त्यस अनुसार कुल लगानीको ८०.३९ प्रतिशत अर्थात ३ खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी भएका छन् ।

बुधबार, ०८ मंसिर २०७८, ०७ : ५४

प्रतिक्रिया