तरलता अभाव टार्न २० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

मंसिर ८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर ९ गते रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ। 

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। 

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर २३ गते परिपक्व हुने रिपो भोलि बिहीबार दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। 

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८