नेशनल लाइफ इन्स्योरेन्सले एनआईसी एशिया बैंकको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने

२ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको ५७ हजार एक सय ९२ कित्ता सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरूले यस सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त समय अवधिभित्र सेयर खरीद गर्न निवेदन नआएमा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाहरूलाई सेयर बिक्री गरिने पनि कम्पनीले जनाएको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया