आजसम्म नेप्सेमा कायम भएका शेयरधनीले मात्र ग्लोबल आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पाउने

आइतबार, १२ मंसिर २०७८, ०७ : ४७

काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडको १३।५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

आइतबार, १२ मंसिर २०७८, ०७ : ४७

प्रतिक्रिया