प्रेस सेन्टर नेपाल वाग्मती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न

२ बर्ष अगाडि

काठमाडौं - प्रेस सेन्टर नेपाल वाग्मती प्रदेशको तेस्रो अधिवेशन समापन भएको छ । अधिवेशनले ३४ कार्य समिति र अनुशासन आयोग गठन गरेको छ । 

वाग्मती प्रदेशको राजधानी हेटौडामा भएको उक्त तेस्रो अधिवेशनले अध्यक्ष पदमा यदुनाथ गौतम निर्विरोध चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा नानिमैया विष्ट चयन भएका छन् । 

उपाध्यक्षहरूमा क्रमश कपिलदेव खनाल, अन्जु किम्दोङ प्रमुख सचिवमा ध्रुव अधिकारी सचिवमा क्रमश सुमन गैरे, सन्तोष दाहाल, सन्तोष देवकोटा, ध्रुव चन्द्र खड्का, गौतम जिरेल, चन्द्रकला खत्री, र गम्भिर वि क चयन भएका छन् । 

यस्तै कोषाध्यक्षमा बद्री अधिकारी र सदस्यहरूमा क्रमश सरला सुनुवार, दुर्गा बस्नेत, सुन्तली कार्की, बाल गोविन्द न्यौपाने, उर्गेन तामाङ, इच्छा पुर्ण कार्की, राजु लामिछाने, यादव चौलागाईँ, मिला श्रेष्ठ, रञ्जिता डङगोल, सक्तिमायाँ तामाङ, राजु रिमाल, केदार माझी, लालकाजी तामाङ, अशोक पराजुली, अर्जुन खतिवडा, सन्तोषी लामिछाने, शैलेस लोप्चन, धनबहादुर स्याङतान, विमा लुङगेली मगर चयन भएका छन् । 

अनुशासन आयोग अध्यक्ष भरत अधिकारी, सदस्यमा गोपाल परियारलाई चयन गरिएको प्रेस सेन्टर नेपाल वाग्मती प्रदेश समितिले जनाएको छ । अधिवेशनको प्रमुख अतिथि वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल रहेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया