८६१७ जनाको परीक्षणमा २६५ जनामा संक्रमण, २ जनाको मृत्यु र निको हुनेको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७७१४ पीसीआर परीक्षणमा १५०३ एन्टिजेन परीक्षणमा गरी कुल ८६१७ जनाको परीक्षणमा २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ४ हजार ९०१ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  २ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल देशभर ११ हजार ५४३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया