प्राइम कमर्सियल बैंकको बुक क्लोज भोलि, १६.६३ प्रतिशत लाभांश प्रस्ताव

मंगलबार, २१ मंसिर २०७८, ०९ : २०

काठमाडौं, प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले पुस ६ गते सोमबार बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा १४ औं वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

मंगलबार, २१ मंसिर २०७८, ०९ : २०

प्रतिक्रिया