पाँच जीवन बीमा कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं - हाल संचालित १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले गरेका छन् । 

लाभांश घोषणा गर्नेमा एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । उक्त पाँच जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेका हुन् । 

एशियन लाइफ इन्स्योरेन्स 
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सले १३.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७ प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

ज्योति लाइफ इन्स्योरेन्स 
ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

रिलायन्स लाइफ
रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो ।प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् । 

प्राइम लाइफ इन्स्योरेन्स 
मंसिर १९ गते सम्पन्न प्राइम लाइफको वार्षिक साधारणसभाले १५.८७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया