सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

मंसिर २२, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक शेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
 
संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (मंसिर २२ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८