महिला लघुवित्तको ५० प्रतिशत लाभांश पारित

२ बर्ष अगाडि

काठमाडौं, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा आज हिमालयन दृश्य रिसोर्ट, धुलिखेल ३, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साधारण सभाबाट सञ्चालकमा रोजी सिग्देल र कमल कुमार भारती निर्वाचित भएका छन् ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्तावहरू पनि सभामा छलफल गरी पारित गरिएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया