१२१७४ जनाको परीक्षणमा २८० जनामा संक्रमण पुष्टि, ३६६ जना निको र कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९१६८ पीसीआर परीक्षणमा ३००६ एन्टिजेन परीक्षणमा गरी कुल १२१७४ जनाको परीक्षणमा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ५ हजार ५७१ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  २ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया