राष्ट्र बैंकले सोझै २० अर्बको ट्रेजरी बिल्स खरिद गर्दै, बोलकबोल भोलि

मंसिर २२, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैंया बराबरको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ। 

बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने मंसिर २४ गते तय गरिएको छ। 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति २०७९ असार मसान्तसम्म तोकिएको छ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ। 

काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। 

यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु। १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८