एनआईसी एशिया लघुवित्तको लाभांश शेयरधनीको बैंक खातामा, कति प्रतिशत ?

शुक्रबार, २४ मंसिर २०७८, ११ : ४८

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा भएको छ ।

कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।

कम्पनीले हितग्राही खातामा बैंकको खाता नम्बर अद्यावधिक भएका शेयरधनीहरुको हकमा नगद लाभांश जम्मा गरिसकेको छ । 

शुक्रबार, २४ मंसिर २०७८, ११ : ४८

प्रतिक्रिया