तरलता कम गर्न रु.२० अर्बबराबरको रिपो जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

विहीबार, ०१ पुस २०७८, ११ : ३१

काठमाडौं, तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस १ गते (बिहीबार) रु.२० अर्बबराबरको रिपो जारी गर्दैछ। 

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। 

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले पुस १५ गते परिपक्व हुने रिपो आज दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। 

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

विहीबार, ०१ पुस २०७८, ११ : ३१

प्रतिक्रिया