नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि ३ लाख

२ बर्ष अगाडि

काठमाडौं - नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । 

नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चारगृहका अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरेकी छिन् । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चारगृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताइन् । 

संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न संघसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया