बरुण हाइड्रोपावरको साधारण सभा रोक्यिो,यस्तो छ कारण

२ बर्ष अगाडि

काठमाडौं-  बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले पुष २९ गते आह्वान गरेको साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि रोकिएको हो ।

कम्पनीले सभा गणपूरक संख्या नपुगेपछि पुनः आव्हान नगरेसम्मको लागि रोकिएको जनाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने विषय पारित गर्ने कार्यसूचि राखेको छ ।

साधारण प्रयोजनको लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया