दुई बीमा कम्पनीलाई धितोपत्र बोर्डले दियो हकप्रद निष्कासनको अनुमति,कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई बीमा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । 

सेबोनको हिजो(बुधबार) बसेको सञ्चालक समितिको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

कम्पनीले भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन गर्ने निवेदन दिएको थियो । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले कम्पनीले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जेठ २५ गते कम्पनी हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया