कोरोना संक्रमणको रेकर्ड : २७ हजार ४९७ मा परिक्षण गर्दा १२ हजार बढीमा पृष्टि, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । २७ हजार ४९७ जनामा कोरोना परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो कोरोना महामारी सुरु भएयता पुष्टि भएको सबैभन्दा बढी संख्या हो । आज परीक्षण गरिएका नमुनामध्ये ४४.८७ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । 

देशभर ओमोक्रन भेरियन्ट सँगै कोरोना भाइरस फैलिएपछि दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ । त्यसैगरि ६४९ जना संक्रमण मुक्त हुँदा कुल संक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । 

साथै संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३२ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया