प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा पालुङवा

२ बर्ष अगाडि

काठमाडौं - प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् ।

पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै  तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन भएका छन् । 

कोषाध्यक्ष सङ्गीता कार्की चयन भएकी छिन् । यता सदस्यमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाइली चयन भएका छन् । केशव आचार्य र रविना राई प्रदेश प्रतिनिधिमा चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिका लागि सुवास आचार्य र साहारा लङ्वा चयन भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया