कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ चयन

विहीबार, १३ माघ २०७८, १७ : १५

काठमाडौं, कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले १२ करोड रुपैयाँबराबरको १०० अंकित दर कुल १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।

यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा कालिन्चोक दर्शनको काठमाण्डौको गौशालास्थित कार्यालयमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले आज हस्ताक्षर गरेका छन्। 
 

विहीबार, १३ माघ २०७८, १७ : १५

प्रतिक्रिया