आईएमई जनरलमा हाथवेको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न अनुमति

मंगलबार, १८ माघ २०७८, ११ : ०५

काठमाडौं-  हाथवे इन्भेस्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्समा रहेको संस्थापक सेयर बिक्री गर्ने अनुमति पाएको छ। 

बीमा समितिले हाथवे इन्भेस्टमेन्टको नाममा आईएमई जनरल इन्स्योरेन्सको संस्थापक सेयर बेच्ने अनुमति दिएको हो। 

बीमा समितिले पनि माघ १६ गते हाथवेको नाममा रहेको २ लाख ९ हजार ८०९ कित्ता संस्थापक सेयर बेच्ने अनुमति दिएको हो। बीमा समितिले ३ महिनाभित्र सेयर बिक्री गरी जानकारी गराउन पनि आईएमई जनरल इन्स्योरेन्सलाई निर्देशन दिएको छ। 

हाथवेले संस्थापक सेयर बिक्रीका लागि पत्राचार गरेसँगै आईएमई जनरल इन्स्योरेन्सको गत पुस २५ मा बसेको सञ्चालक समितिले बीमा समितिको स्वीकृतिका लागि पत्राचार गरेको थियो।

मंगलबार, १८ माघ २०७८, ११ : ०५

प्रतिक्रिया