सिटिजन लाइफले भुक्तानी गर्‍यो १० लाख बीमा दावी

सोमबार, २४ माघ २०७८, १३ : २८

काठमाडौं - सिटिजन लाइफले १० लाख बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिमित सरिना लामालाई प्राण घातक रोग विरुद्ध १० लाख दावी भुक्तानी गरेको हो । 

सिन्धुपाल्चोक दुली धादिङ स्थायी घर भई हाल ललितपुर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । 

हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरूप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

सोमबार, २४ माघ २०७८, १३ : २८

प्रतिक्रिया