लुम्बिनी जनरलको लाभांश घोषणा, बोनस र नगद कति प्रतिशत ?

विहीबार, २७ माघ २०७८, १० : २४

काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४७ प्रतिशत नगद लाभांश रहेको छ।

माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

विहीबार, २७ माघ २०७८, १० : २४

प्रतिक्रिया