महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटेल दियालो फुडल्यान्डमा आकर्षक छुट

मंगलबार, ०३ फागुन २०७८, १२ : २०

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेड र होटेल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटेल दियालोका विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तबरले प्रदान गर्दै आइरहेको छ। 

मंगलबार, ०३ फागुन २०७८, १२ : २०

प्रतिक्रिया